२०८३ साउन ३१ गते | 16th of August 2026

काठमाडौको नाईट लाईफ सुचारु हुदै

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ १९ गते ११:५०

काठमाडौं –    लामो समय पछि काठमाडौको नाईट लाईफ फेरि सुचारु हूने भएको छ ।  करिब दुई वर्षपछि  ‘नाइट लाइफ’  खूल्ने भएपछि     बन्द रहेका  क्लब र पबहरुमा  तयारी गरिएको  छ। कोरोना संक्रमणको दर घटेसँगै गत बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले ‘स्मार्ट लकडाउन’को कार्यविधि अनुसार सेवा सञ्चालन गर्न इजाजत दिएको थियो। योसँगै शुक्रबारको रातबाट पार्टी प्यालेस, नाइट क्लब, लाउन्ज र रेष्टुरेन्ट लगायतका व्यवसाय पुनः सञ्चालनमा आएका हुन्।

लामो समयपछि व्यवसाय पुनः सञ्चालनमा ल्याउन पाउँदा व्यवसायीले राहतको सास फेरेका छन् भने कर्मचारीहरु हर्षित देखिएका छन्।  टेक अवे र होम डेलिभरी गरिरहेका रेस्टुरेन्टका व्यवसायीहरुले अपेक्षित व्यापार नभएको गुनासो गरिरहँदा लाखौंको लगानी भएका नाइट क्लबका सञ्चालकहरु भने आत्तिइसकेका थिए। निषेधाज्ञा खुकुलो पारिँदा बिगतमा उनीहरुले सीमित ग्राहक उपस्थितिमा व्यवसाय सञ्चालनको अनुमति मागे पनि स्थानीय प्रशासनले दिएको थिएन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *