२०८१ वैशाख २२ गते | 4th of May 2024

काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भारी वर्षा

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ २१ गते १:४०

काठमाडौं– सोमवार बिहानैदेखि काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको छ।अबिरल  वर्षासँगै काठमाडौं उपत्यकामा बागमती र यसको सहायक नदीहरुमा बाढी आएको छ। उपत्यका भई बहने साना नदीहरुमा जलसतह बढ्ने तथा केही साना नदी–नालाको पानी सडक किनारसम्म आउन सक्ने विभागले जनाएको छ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौँको बागमती, विष्णुमति, टुकुचा, धोविखोला लगायतमा ठूलो बाढी आएको छ।बागमतीको खोकनास्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र  बढ्दो क्रममा रहेको विभागले जनाएको छ। आइतबार रातिदेखिको अविरल वर्षाका कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ। डुबानका कारण अरनिको राजमार्गमा यातायात सञ्चालनसमेत अवरुद्ध भएको छ। यता चितवनको माडी क्षेत्रमा पनि पछिल्लो ३ घण्टामा भारी वर्षामापन भएको छ। सो क्षेत्र भई बहने रिउखोला र अन्य खहरेखोलामा आकस्मिक बाढी जानसक्ने भन्दै विभागले नदी तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । त्यसैगरी, सिन्धुलीको हरिहरपुरगढी र आसपास पछिल्लो ६ घण्टा भारी वर्षामापन भएकोले कोखाजोरखोला लगायतका स–साना नदीहरुमा आकस्मिक बाढी आउन  सक्ने  विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *