२०८१ साउन ११ गते | 26th of July 2024

राष्ट्रिय जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ २१ गते १४:५८

काठमाडौं– राष्ट्रिय जनगणनाको २०७८ को मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गर्ने निर्णय गरेसँगै केन्द्रीय तथ्याङ विभागले अब जनगणनासँग सम्बन्धित सबै काम अगाडि बढाइने बताएको छ।

विभागले पेस गरेको राष्ट्रिय जनगणना २०७८ को संशोधित कार्यतालिकामा भदौ २० गतेदेखि जनगणनासँग सम्बन्धित कामहरु अगाडि बढाउने उल्लेख छ। कार्यतालिकामा जनगणनाको मूल गणना कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने उल्लेख छ। केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ का लागि भदौ २० गतेदेखि २६ गतेसम्म सुपरभाइजरहरु भर्ना गर्ने, भदौ २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने तथा भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजरहरु घर–घरमा पुगेर सूचीकरणको काम गर्नेगरी कार्यतालिका बनाएको छ। सुपरभाइजरहरुले घर–घरमा पुगेर सूचीकरण गर्ने काम सकेपछि गणकहरु भर्ना गरिने विभागले जानकारी दिएको छ। गणकहरुलाई कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिइने छ।

गणकहरुलाई तालिम दिइसकेपछि उनीहरुले घरघरमा गएर कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म मूल गणना गर्नेछन्। तथ्याङ्क विभागले यसअघि असार ८ गतेदेखि जनगणना सुरु गर्ने तयारी गरेको थियो। तर, कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि जनगणना स्थगित भएको थियो।

 

One thought on “राष्ट्रिय जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *