२०८१ साउन १२ गते | 27th of July 2024

एमसीसीमा तथ्यपरक बहसलाई अमेरिकाले स्वागत गर्ने

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ २१ गते १५:१८

काठमाडौँ – अमेरिकाले नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सहयोग बारेमा तथ्यपरक बहसलाई स्वागत गर्ने बताएको छ । अभिव्यक्ति स्वतन्त्रता र तथ्यमा आधारित सार्वजनिक बहसलाई समर्थन गर्नेभन्दै अमेरिकी दूतावासले शान्तिपूर्वक आफ्ना भनाइ राख्न पाउनु आधारभूत प्रजातान्त्रिक अधिकार भएको भन्दै अमेरिका दशकौंदेखि नेपालको विकास र दीर्घकालीन समृद्धिको पक्षमा रहेको ट्वीट गरेको छ ।

केही दिन अघि गृह मन्त्रालयले मित्रराष्ट्रहरूका सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष या परोक्ष रूपमा सञ्चारमाध्यम वा सामाजिक सञ्जाल प्रयोग गरी नकारात्मक टिकाटिप्पणी गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिने जस्ता गतिविधि गरे त्यसलाई सुक्ष्म निगरानी र विश्लेषण गरी कारबाही गर्ने व्यहोराको विज्ञप्ति जारी गरेको थियो । अमेरिकी दूतावासले एमसीसीका सम्बन्धमा गरिने तथ्यगत बहसलाई स्वागत गर्दै अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्नुले गृहमन्त्रालयको विज्ञप्तिसँग एमसीसीको बारेमा सम्बन्ध नरहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *