२०८१ वैशाख २१ गते | 3rd of May 2024

एमसीसीमा भ्रामक टिप्पणी भैरहेका छन : प्रधानमन्त्री देउवा

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ २२ गते १५:२३

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाले एमसीसी परियोजना जबरजस्ती नेपालमा लाद्न खोजेको भन्ने भ्रामक टिप्पणी भइरहको बताएका छन् । मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बाबुराम भट्टराईको सरकारबाट सुरु भएको परियोजना नेपालले मागेर मात्र अमेरिकाले दिएको बताए ।

“हामीले मागेर परियोजना आएको हो, अमेरिकाले जबरजस्ती दिएको भन्ने भ्रामक कुरा चिर्नुपर्छ,” देउवाले भने । उनले अमेरिकी सहयोग परियोजना एमसीसीबारेका भ्रम जनताबाट हटाउन आवश्यक रहेको बताए । बैठकमा सहभागी एक सांसदकाअनुसार देउवाले अहिले माओवादीले एमसीसी परियोजनाको विरोध गर्नुको तुक नभएको धारणा राखेका थिए । “तत्कालीन राष्ट्रिय योजना आयोगको उपाध्यक्ष जो माओवादी निकट थिए उनीहरूकै सल्लाहमा तत्कालीन अमेरिकाका लागि नेपाली राजदूत शंकर शर्माको माध्यमबाट अनुनय विनय गरेर परियोजना ल्याइएको हो,” बैठकमा उनले भनेका थए ।  रसिया र चीनको बिचमा रहेको राष्ट्र मंगोलिया र इन्डोनेसियाले दोस्रोपटक परियोजना लिएको भन्दै देउवाले सैनिक रणनीतिको हिस्सा एमसीसी नभएको बताएका थिए ।  “यो विशुद्ध विकास परियोजना हो, हामीले जनतालाई बुझाउनुपर्छ,” बैठकमा देउवाले भनेका थिए, “सैनिक रणनीति भएको भए शक्ति राष्ट्रहरूको बिचमा भएका साना देशहरूले दुई दुईपटक किन परियोजना लिन्थे होला र !”

उनले आफ्नो सरकारले ११ बुँदामा परियोजनाबारे अमेरिकालाई सोधेको र त्यसको चित्तबुझ्दो जवाफ आएपछि मात्र संसद्मा टेबल गरिने प्रतिबद्धता व्यक्त गरेको एक सांसदले जानकारी दिए  ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *