काठमाडौं – एमालेको नाराबाजीकाबीच गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश संसद्मा पेस गरेका छन् । बुधबार तेस्रोपटक बसेको बैठकमा सभामुख अग्नि सापकोटाले एमालेको विरोधकाबीच गृहमन्त्रीलाई दलसम्बन्धी अध्यादेस पेस गर्न अनुमति दिएका थिए ।
लगत्तै गृहमन्त्रीले एमालेको विरोधकाबीच उक्त अध्यादेश पेस गरेका थिए । दल विभाजनसम्बन्धी अध्यादेश पेश भएपछि आजको प्रतिनिधि सभा बैठक भदौ २५ गतेसम्मका लागि स्थगित भएको छ । अर्को बैठक आगामी शुक्रबार दिउँसो १ बजे बस्ने छ ।