२०८२ फागुन ६ गते | 18th of February 2026

संसद बैठकमा हुलदंगा गर्नेलाई बालकोटमा दर

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ २३ गते १५:२१

काठमाडौं–  प्रतिनिधीसभामा नाराबाजी गरेर बैठक अघि बढन नदिएका एमाले सांसदहरुलाई लगत्तै बालकोटमा भोज दिएको छ ।  अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित आफ्नो निजी निवासमा दर खाने कार्यक्रम आयोजन गरेका हुन । हिन्दू महिलाहरूको प्रमुख चाड तिजमा वर्त बस्ने महिलाले तिजको अघिल्लो दिन दर खाने प्रचलन रहेको छ।

तस्बिर : कान्तिपुर

ओलीले निजी निवास बालकोटमा आयोजना गरेको दर खाने कार्यक्रममा नेकपा एमालेका महिला नेताहरु सहभागी भएका छन्। एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले आज (बुधबार) आफूहरु माइत गएको भन्दै बालकोटको दर खाने कार्यक्रमको तस्वीरहरु सामाजिक सञ्चालमार्फत सार्वजनिक गरेकी छन्।  ‘आज हामी दिदिबहिनी माइत गएको, बालकोटमा आमा बाले दर खुवाएको,’ बालकोटमा आयोजित दर खाने कार्यक्रमका तस्वीरहरु सार्वजनिक गर्दै चौधरीले लेखेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *