२०८१ माघ ३ गते | 16th of January 2025

एमसीसी अमेरिकाको कुनै पनि सैन्य रणनीतिको अंश नरहेको जवाफ

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ २४ गते १०:५७

काठमाडौं –  अमेरिकी सहयोग परियोजना एमसिसि ले ११ प्रश्नको जवाफ नेपाल सरकारलाई पठाएको छ । अर्थ मन्त्रालयले गत साता नेपालमा विवादित बनेका सम्झौताका बुँदाहरू उल्लेख गर्दै त्यसलाई स्पष्ट पारिदिन भन्दै एमसीसी मुख्यालयलाई पत्राचार गरेको थियो। एमसीसी उपाध्यक्ष फातिमा जी सुमर र एशिया हेर्ने सहायक उपाध्यक्ष जोनाथन ब्रूक्स नेपाल आइपुग्नु एक दिनअघि बुधवार एमसीसीले उक्त पत्रको उत्तर फर्काएको हो। उनीहरू दुवै जना बिहीवार काठमाडौं आइपुगेका छन् र विभिन्न अधिकारीहरूसँग भेटघाटमा गर्दैछन्।

एमसीसीले मन्त्रालयले पठाएका ११ वटै प्रश्नको बुँदागत उत्तर दिएको छ। उसले एमसीसी अमेरिकाको कुनै पनि सैन्य रणनीतिको अंश नरहेको उल्लेख गरेको छ। नेपालमा एमसीसी इन्डो-प्यासिफिक सैन्य रणनीति अन्तर्गतको सम्झौता रहेको भन्दै विवाद उत्पन्न भएको थियो। त्यस्तै नेपालले लेखापरीक्षण गर्न नपाउने र बौद्धिक सम्पत्तिमा नेपालको स्वामित्व नहुने भन्ने कुरामा पनि विवाद उत्पन्न भएको थियो। ती दुवै कुरा गलत भएको एमसीसीले पत्रमा उल्लेख गरेको छ। कतिपय दलका नेताहरूले एमसीसी सम्झौतालाई संशोधन गर्नुपर्ने कुरा उठाइरहेका छन्।

तर एमसीसीले अर्थ मन्त्रालयलाई पठाएको उत्तरमा “एमसीसी नेपाल कम्प्याक्टलाई अहिले आएर संशोधन गर्न नसकिने” जनाएको छ।त्यस्तै एमसीसी नेपालको संविधानमाथि रहेको भन्ने कुरालाई पनि उसले अस्वीकार गरेको छ। एमसीसीले नेपालको सार्वभौमसत्तालाई असर नगर्ने पनि उसले स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *