२०८१ वैशाख २० गते | 2nd of May 2024

मन्त्रिपरिषदलाई एक/दुई दिनमा पूर्णता दिनेबारे छलफल, एमसिसीमा सत्तागठबन्धन भित्र समान धारणाको प्रयास

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ २४ गते ११:२०

काठमाडौं  –  एमसिसी उपाध्यक्ष फतिमा सुमार सँग भेटवार्ता अघि सत्तारुढ दलहरुको समान धारण बनाउन प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बसेको छ । बैठकमा मन्त्रीमण्डल एक दुई दिन भित्रै बिस्तार गर्ने विषयमा पनि छलफल भएको एक नेताले वताए ।

बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलबीच छलफल भएको हो। बैठकमा गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस सचेतक पुष्पा भुसाल, महान्यायाधीवक्ता खम्मबहादुर खाँतीलगायत पनि थिए।बैठकमा उपस्थित एक नेताका अनुसार मन्त्रिपरिषदलाई एक/दुई दिनमा पूर्णता दिनेबारे छलफल भएको हो। प्रधानमन्त्री देउवाले कांग्रेसबाट एक राज्यमन्त्री र दुई मन्त्री र माओवादीबाट दुई जनालाई मन्त्री बनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *