२०८१ साउन १२ गते | 27th of July 2024

प्रधानसेनापति प्रभुराम शर्माले सम्हाले कार्यभार

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ २४ गते १२:४३

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन् । शर्माले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि कार्यभार सम्हालेका हुन् ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई दर्जानी चिन्ह प्रदान  गरेकी थिइन् । राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्नि सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना पनि सहभागी थिए । अघिल्ला प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २४ गते सकिएपछि शर्मा प्रधानसेनापति बनेका हुन् ।

शर्मालाई राष्ट्रपति भण्डारीले ११ भदौमा प्रधानसेनापतिमा नियुक्त गरेकी थिइन् । पदावधि समाप्त हुनुभन्दा एक महिना अघि अर्थात साउन २५ गतेदेखि नै थापा घरविदामा बसेपछि जेष्ठताका आधारमा शर्माले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *