२०८१ वैशाख २० गते | 2nd of May 2024

किन गए बिश्वप्रकाश नीधि क्याम्पमा ? रहर कि बाध्यता !

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ २७ गते १३:११

काठमाडौं – सभापति शेरबहादुर देउवालाई सक्दो सहयोग गरेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले  आगामी १४ औं महाधिबेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका बिमलेन्द्र नीधि क्याम्पवाट महामन्त्रीमा लडने संकेत गरेका छन ।   शर्मा आगामी महाधिवेशनमा देउवाकै प्यानलबाट महामन्त्रीको उम्मेदवार हुने आकलन गरिएको थियो। तर, देउवा निकटका नेताहरुलाई समेत अस्वभाविक लाग्ने गरी उनले उम्मेदवारी घोषणा गरे। त्यसका लागि उनी भदौ २४ मा कांग्रेसीका लागि ‘तीर्थस्थल’ मानिने सुन्दरीजल पुगेका थिए। आफ्नो उम्मेदवारीको सन्दर्भमा शर्माले देउवासँग परामर्श भने गरेका थिए। तर, अनेक आकांक्षीहरुको बोझले थिचिएका देउवाले उनलाई ‘ग्रिन सिग्नल’ दिएनन्।  शर्माले कुरा बुझेर  उम्मेदवारी घोषणा  गरिहाले ।

महामन्त्रीमा दाबी गर्ने शर्मा तेस्रो तहका नेतामा पर्दछन्। देउवा समूहका बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत,  रमेश लेखक, एनपी साउद, बीरबहादुर बलायर, मीन विश्वकर्मा लगायतका नेताहरु पदाधिकारीका आकांक्षी हुन्। उनीहरुलाई बेवास्ता गर्दै देउवा जान सक्ने कुरा भएन । उनीहरुले देउवालाई वर्षौंअघिदेखि साथ दिँदै आएका छन्।  तेस्रो पुस्ताका शर्मालाई अगाडि सार्दा देउवा समूहमा रहेका दोस्रो पुस्ताका नेताको बाँकी पार्टी राजनीतिमा संकट आइपर्छ। शर्माले प्यालनविहीन भएरै महामन्त्रीमा उम्मेदवारीको घोषणा गरे। त्यसका लागि उनीमाथि अर्को दबाब पनि निम्तिएको थियो। महामन्त्रीमा बलियो उम्मेदवारका रुपमा गगन थापा देखिएपछि शर्मालाई चुनौती थपिएको थियो। महामन्त्रीमा उम्मेदवारी घोषणा गरेकै भोलिपल्ट निधिसँगको पारिवारिक पूजामा सहभागी भएका थिए। निधिनिकट एक नेता भन्छन्, ‘महामन्त्री घोषणा गरेर विमल दाइको पारिवारिक पूजामा सहभागी हुनुको विशेष अर्थ छ।

One thought on “किन गए बिश्वप्रकाश नीधि क्याम्पमा ? रहर कि बाध्यता !

Leave a Reply

Your email address will not be published. Required fields are marked *