२०८१ साउन १२ गते | 27th of July 2024

संसदमा एमालेको अबरोध कायमै

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ २७ गते १४:०२

काठमाडौं – प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा पनि नेकपा एमालेका सांसदले अवरोध गरेपछि सभामुख अग्नी प्रसाद सापकोटाले मंगलबार १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्। पहिलो बैठक बसेर १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः सूचारू भए लगत्तै बैठकमा एमाले सांसदले नाराबाजी गरेपछि बैठक स्थगित भएको हो।

१४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै उनीहरूले आज पनि नाराबाजी गरेका हुन्।  संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फूटाउने षड्यन्त्र मुर्दावाद लगायतका नारा एमाले सांसदहरुले लगाएका थिए। यसअघि बैठक खुलाउन सभामुख अग्नि सापकोटाको नयाँ बानेश्वरस्थित संसद भवनको कार्यकक्षमा एमालेका प्रतिनिधिसँग छलफल गरेका थिए। छलफलमा सभामुख सापकोटासँगै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र एमालेका सांसद खगराज अधिकारी सहभागी थिए। त्यस्तै सरकारका तर्फबाट कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की बैठकमा सहभागी रहेको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए।

One thought on “संसदमा एमालेको अबरोध कायमै

  1. I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

Leave a Reply

Your email address will not be published. Required fields are marked *