काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेका छन्। सोमबार दिउँसो उनी डल्लुस्थित खनाल निवास पुगेका हुन्। प्रधानमन्त्री देउवा र खनाल बीच पछिल्लो राजनीतिक अवस्था र अवको बाटोमा गम्भिर छलफल भएको बताईएको छ ।
खनालले नयाँदिल्लीमा गएर मिर्गौला प्रत्यारोपण गरेका थिए। प्रत्यारोपणपछि गत भदौ १४ गते उनी नेपाल फर्किएका थिए। फर्किएपछि उनी भदौ १७ गते पनि स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगेका थिए।