२०८१ साउन १२ गते | 27th of July 2024

संयुक्त राष्ट्र सङ्घले गर्यो मानवीय सहयोग जुटाउन उच्चस्तरीय सम्मेलन

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ २८ गते १३:१४

काठमाडौं –  संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले अफगानिस्तानका लागि मानवीय सहायता जुटाउन आज उच्च स्तरीय सम्मेलनको आयोजना गर्न लाग्नुभएको छ । अफगानिस्तानको ३४ मध्ये २७ प्रान्तमा खाद्य संकट तथा पोषणयुक्त आहारको संकट चुलिरहँदा उहाँले सम्मेलनको आयोजना गर्न लाग्नुभएको हो ।
राष्ट्र सङ्घका अनुसार अफगानिस्तानमा आगामी एक वर्षसम्म पाँच वर्ष मुनिका प्रत्येक दुईमध्ये एक बालबालिका र गर्भवती प्रत्येक पाँचमध्ये एकलाई पोषणयुक्त आहारको आवश्यकता रहेको छ । गुटेरसले सामाजिक सञ्जाल ट्वीटरमा आफू मानवीय सहयोग जुटाउन उच्चस्तरीय सम्मेलनको आयोजना गर्न लागेको जानकारी साझा गर्नुभएको छ ।
गत् शुक्रबार राष्ट्र संघका प्रवक्ता स्टिफन डुजारिकले गुटेरसले आगामी साता स्वीटजरल्याण्डको जेनेभा भ्रमण गर्नुहुने र त्यहाँ मन्त्रीस्तरीय बैठक गर्नुहुने बताउनुभएको थियो । राष्ट्रपति अशरफ घानीले देश छोडेर पलायन हुँदा तालिबानले अगष्ट १५ मा राष्ट्रपति निवास कब्जामा लिएको थियो । गएको छ महिनादेखि अफगानिस्तानमा तालिबान र सुरक्षाकर्मीबीचको मुठभेडको असर सर्वसाधारणको जनजीविकामाथि परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *