२०८१ वैशाख २२ गते | 4th of May 2024

रुसी राष्ट्रपति पुटिन ‘सेल्फ आइसोलेशन’मा

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ ३० गते १४:५९

काठमाडौं –  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘सेल्फ आइसोलेशन’मा बस्ने हुनुभएको छ । रुसी सञ्चारमाध्यम स्पुतनिकले कोभिड १९ को सङ्क्रमितको सम्पर्कमा आएपछि राष्ट्रपति भ्लादिमिर पुटिनले अलग्गिने निर्णयमा पुग्नुभएको उल्लेख गरेको छ । क्रेमलिनले एक वक्तब्य जारी गरी राष्ट्रपति पुटिनले ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोनसँग टेलिफोनमा कुराकानी गरेको जनाएको छ ।

आफू कोरोना सङ्क्रमितको सम्पर्कमा आएकोले अलग्गिने निर्णयमा पुगेको राष्ट्रपति पुटिनले बताउनुभएको छ ।
राष्ट्रपति पुटिनले गत् अप्रिल महिनामा कोभिड १९ विरुद्धको घरेलु खोप स्पुतनिक भी लगाउनुभएको थियो । मङ्गलबार नै राष्ट्रपति पुटिनले सिरियाका राष्ट्रपति बसर अल–अशदसँग कुराकानी गर्दै राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *