२०८१ वैशाख २१ गते | 3rd of May 2024

सडक नहुँदा मनाङको स्याउ बजारमा पुग्न सकेन

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ ३१ गते १४:०३

काठमाडौं – यसवर्ष मनाङमा उत्पादित स्याउ बजारमा पुग्न सकिरहेका छैनन् । विगतका वर्षमा भदौ महिना लाग्नासाथ स्याउ बजारमा पु¥याउन सुरु गरिन्थ्यो । नासों गाउँपालिका–९ स्थित दानाक्यु एग्रो फार्म प्रालिका सञ्चालक राजु गुरुङले सडक नहुँदा यसवर्ष स्याउ टिप्न र बजारसम्म पु¥याउन ढिलो भएको बताउनुभयो ।

उहाँले भन्नुभयो “विगतका वर्षमा यतिखेर स्याउ टिप्न चटोरो हुन्थ्यो । यसवर्ष स्याउ टिप्न र बजार लैजान सक्ने अवस्था छैन । कतै सडक नहुँदा बारीमा नै कुहिने त होइन भन्ने चिन्ता लागेको छ ।”
उहाँका अनुसार एक सय रोपनीका फार्ममा लगाइएको स्याउ मध्ये ३० रोपनी पहिराले बगाउँदा रु ४० लाख क्षति भएको छ । उहाँ जस्तै जिल्लाका आफ्नै बारीमा व्यावसायिक स्याउखेती गर्दै आएका किसान सडक नहुँदा मर्कामा परेका छन् । यस पटकको बाढीपहिराले स्याउखेती गर्ने किसान वढी समस्यामा परेका जनाइएको छ । बजारमा स्याउ पु¥याउन मुस्किल भएको नासों–८ ताचैका किसान सोलबहादुर गुरुङ बताउनुभयो । उहाँले भन्नुभयो “दशैंँ अगाडिसम्म सडक सुचारु भएमा स्याउ पु¥याउन सकिन्छ कि भन्ने आशा जागेको छ । ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *