२०८१ वैशाख २२ गते | 4th of May 2024

तालिबान नेता टाइम म्यागेजिनको प्रभाबशाली ब्यक्तिको सुचीमा

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ ३१ गते १४:०८

काठमाडौं –  तालिबान नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको जिम्मेवारीमा रहनुभएका मूल्लाह बरादर टाइम म्यागेजिनको प्रभाबशाली ब्यक्तित्वमा पर्नुभएको छ । उहाँ अफगानिस्तानको कामचलाउ सरकारका उपप्रधानमन्त्री हुनुहुन्छ । दोहामा तालिबानको राजनीतिक कार्यालयका उपप्रमुखको जिम्मेवारी सम्हालिसकेका उहाँको अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध सुमधुर रहेको बताइन्छ ।

टाइम म्यागेजिनले वार्षिक रुपमा विश्वका एक सय प्रभावशाली ब्यक्तिको सुची सार्वजनिक गर्दै आएको छ । मूल्लाह बरादरले अमेरिकासँगको सम्झौतामा समेत अहम भूमिका निर्वाह गर्नुभएको थियो । बरादर अत्यन्तै शान्त स्वभाबका कम बोल्ने ब्यक्ति हुनुहुन्छ । तालिबानमा समेत उहाँ आधुनिक विचारधाराका ब्यक्तित्वको रुपमा चिनिनुहुन्छ । सन् २०१० मा पाकिस्तानमा सुरक्षाकर्मीबाट गिरफ्तार गरिएका बरादरलाई सन् २०१८ मा मुक्त गरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *