२०८१ साउन ११ गते | 26th of July 2024

मन्त्रीमण्डल यसै साता बिस्तार हुने , सातै प्रदेश सरकारमा नेकपा (एकीकृत समाजवादी) को दाबी

खुल्लामन्च
 प्रकाशित: २०७८ असोज १ गते ८:४९

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद् विस्तार यसै साता हुने बताएका छन् । आज नयाँबानेश्वर, आलोकनगरमा पार्टी केन्द्रीय कार्यालयको उद्घाटनपछि उनले सातैवटा प्रदेशको सरकारमा आफ्नो पार्टी सहभागी हुने पनि बताए ।“सरकार सञ्चालनमा सहयोगी भूमिका रहनेछ । सरकारमा सामले हुनेछौँ । १ नम्बर र वाग्मतीको सरकारमा पनि महत्वपूर्ण भूमिकामा रहनेछौँ । सातैवटा प्रदेशको सरकारमा हाम्रो सहभागिता रहनेछ,” उनले भने ।

प्रदेश–१ र वाग्मती प्रदेशमा आफ्नो पार्टीको तर्फबाट दाबी रहेको उनले बताए । “हामी छलफल गरिहरहेका छौँ । हाम्रो दाबी हो,” उनले भने ।यस्तै, अध्यक्ष नेपालले सत्ता गठबन्धनलाई निर्वाचनसम्म कायम राखिने बताए । उनले अहिले कुनै पार्टीसँग एकता नहुने पनि प्रस्ट पारे ।

 

One thought on “मन्त्रीमण्डल यसै साता बिस्तार हुने , सातै प्रदेश सरकारमा नेकपा (एकीकृत समाजवादी) को दाबी

Leave a Reply

Your email address will not be published. Required fields are marked *