काठमाडौं – संघीय संसदको प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र ऋण उठाउने विधेयक विचार गरियोस् भने गरेको प्रस्ताव बाहुमतले स्वीकृत गरेको हो ।
उक्त विधेयकमाथि सांसद प्रेम सुवालले कति ऋणको भार बोक्ने भन्दै प्रश्न उठाएका थिए । उनले एमसीसीको पनि आलोचना गरे । उनले सरकारको ऋण १७ खर्ब पुगिसकेको भन्दै अझै कति ऋण लिनेभन्दै प्रश्न गरे । नेपालको धनाढ्यहरु प्रतिनिधिसभा सदस्य रहेको र उनीहरुले कति कर तिरे भन्ने विवरण सार्वजनिक नगर्ने तर ऋण लिएर सरकार चलाउनुस भन्नु असफलता भएको उनको तर्क छ । अर्थमन्त्री जनार्दन शमाले सरकारको ऋणको भार कम गराउन अध्यादेश बजेटको भन्दा ३७ अर्बले ऋण घटाएर प्रतिस्थापन विधेयक ल्याएको बताए । उक्त विधेयक स्वीकृत भएसँगैं आजको लागि संसद बैंठक स्थगित भएको छ । अर्को बैंठक असोज ७ गते बस्ने सभामुख अग्निप्रसाद सापकोाटाले बताए ।