२०८० मंसिर १३ गते | 29th of November 2023

पार्टी एकताको लागि प्रचण्डले आह्वान गरे वैद्य, बाबुराम र विप्लवलाई, एकताको लागि यस्तो छ तयारी

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ८ गते १६:२२

काठमाडौं ८ साउन । माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि मोहन वैद्य किरण, डा। बाबुराम भट्टराई र नेत्रविक्रम चन्द विप्लवलाई आह्वान गरेका छन् । काठमाडौंमा एक सातासम्म चलेको माओवादी केन्द्र सचिवालयको विस्तारित बैठकले विगतमा पार्टी छोडेका मोहन वैद्य किरण, डा। बाबुराम भट्टराई र नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूलाई पार्टी एकताका लागि आह्वान गरेको हो।

बैठकले पार्टी एकता प्रक्रियालाई पूर्णता दिने कुराको आवश्यकता महसुस गर्दै मुख्यतः मोहन वैद्य किरण, डा। बाबुराम भट्टराई, र नेत्रविक्रम चन्द विप्लव नेतृत्वका घटक र सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरूलाई अपिल गरेको छु, बैठकका निर्णयहरूबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ।

पत्रकार सम्मेलनमा प्रचण्डले भने, सँगै बसेर विगतका अनुभवको खुला मनले समीक्षा गरौँ र विना कुनै पूर्वाग्रह अगाडि बढौँ। वैद्य नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष छन् भने डा। भट्टराई नयाँ शक्ति नेपालका संयोजक छन्। यी दुबै दलले स्थानीय तहको निर्वाचनमा सहभागी भए पनि सफलता भने पाउन सकेनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *