२०८२ असार ९ गते | 23rd of June 2025

राजनीतिक नियुक्तिका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय

खुल्लामन्च
 प्रकाशित: २०७८ असोज ५ गते १३:३९

काठमाडौँ – सरकारले राजनीतिक नियुक्तिका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को  मंगलबार   सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।  फिर्ता बोलाईएका राजदुतमा

१) महेन्द्रबहादुर पाण्डेय (चीन)
२) डा. वंशीधर मिश्र (बंगलादेश)
३) नारदमुनि भारद्धाज (कतार)
४) युवराज खतिवडा (अमेरिका)
५) अञ्जान शाक्य (इजरायल)
६) उदयराज पाण्डे (मलेसिया)
७) दावाफूटी शेर्पा (स्पेन)
८) डा. निर्मलकुमार विश्वकर्मा (दक्षिण अफ्रिका)
९) नीलाम्बर आचार्य (भारत)
१०) लोकदर्शन रेग्मी (बेलायत)

११) शर्मिला ढकाल पराजुली (ओमान)

१२) प्रतिभा राणा (जापान) रहेका छन ।

सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले कोभिड १९ सङ्कट व्यवस्थापन विधेयकलाई संसद्मा लैजान स्वीकृति प्रदान गर्नुका साथै कोभिड १९ व्यवस्थापन आदेश, २०७८ स्वीकृत गरेको जानकारी दिनुभयो ।

यसैगरी, बैठकले कर्णाली करिडोर अन्तर्गत करिब साँढे १८ किलोमिटर ट्र्याकको काम सुरु गर्न नेपाली सेनालाई स्वीकृति प्रदान गरेको, औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गर्ने लगायतका निर्णय गरेको प्रवक्ता कार्कीले बताउनुभयो । यस्तै मन्त्रीपरिषद् बैठकले संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिन जाने प्रतिनिधिमण्डल गठन गरेको पनि सरकारका प्रवक्ता मन्त्री कार्कीले जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *