२०८१ साउन १२ गते | 27th of July 2024

प्रतिशोध साँध्नका लागि मुद्दा चलाइएको गच्छदारको जिकिर

खुल्लामन्च
 प्रकाशित: २०७८ असोज ६ गते १३:४२

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललितानिवास जग्गा प्रकरणमा प्रतिशोध साँध्नका लागि मुद्दा चलाइएको जिकिर गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले झुटो मुद्दा लगाएर राजनीतिक प्रतिशोध साँध्ने षड्यन्त्र भएको दाबी गरे । आफ्नो ५० वर्षको राजनीतिक जीवन ध्वस्त पार्ने उद्देश्यका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोग लागेको आरोप पनि उनले लगाए । आफ्नो राजनीतिक चरित्र हत्या गर्ने षड्यन्त्र भइरहेको उनले बताए ।उनले आफ्नो घरसमेत नभएको र डेरामा बस्दै आएको पनि बताए । उनले आफूले सरकारको गुरुयोजना कार्यान्वयन गर्न प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारमा विभागीय मन्त्रीको हैसियतले आफूले टिप्पणी मात्र अघि बढाएको र उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट सर्वसम्मत निर्णय भएको बताए।

‘सरकारको गुरूयोजना कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन अनुसार उक्त फायल अघि बढेको हो र आफूले टिप्पणी मात्र पेस गरेको हो, त्यो प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो’, पत्रकार सम्मेलनमा गच्छदारले भने, ‘व्यक्तिगत रूपमा लाभ लिने वा सरकारलाई हानी पुर्‍याउने उद्देश्य मेरो नभएकोले सरकारको गुरूयोजना पेस गर्नु भ्रष्टाचार हुनै सक्दैन।’ उनले राजनीतिक प्रतिशोध साध्ने उद्देश्यले मात्रै मुछेर आफूमाथि मुद्दा चलाईएकाले त्यस सम्बन्धमा यथार्थ सत्यतथ्य सार्वजनिक गर्नु आवश्यक भएकाले पत्रकार सम्मेलन आयोजना गर्नुपरेको बताएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *