२०८२ असोज २५ गते | 11th of October 2025

प्रचण्डले गरेको पार्टी एकताको आह्वानमा बैद्यले दिए यस्तो जवाफ: हामीसँग होइन कांग्रेस, एमालेसँग गर्नुस्

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ८ गते १६:४१

काठमाडौं ८ साउन । एकसातासम्म चलेको माओवादी केन्द्रीय सचिवालयको बैठकले विगतमा पार्टीबाट अलग भएका पार्टीहरुसँग एकताको अपिल गरेको छ । तर पार्टीबाट अलगिएका दलहरुले भने नकारात्मक प्रतिक्रिया दिएका छन्। तर, यता नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले पार्टी एकताका लागि गरेको अपिललाई अस्विकार गरेका छन । उनले कुनै पनि हालत माओवादी केन्द्रसँग पार्टी एकता गर्न नसकिने बताए। ‘बैद्यले माओवादी केन्द्रसँग हाम्रो विचार र सिद्धान्त नै मिल्दैन बताए । अहिले उहाँहरुले हामीसँग होइन कांग्रेस र एमालेसँग पार्टी एकता गर्नु उपयुक्त हुन्छ।’ पार्टी एकताको लागि आफ्नो पार्टीले पनि अपिल गरेको भन्दै नेता वैद्यले उल्टै माओवादी केन्द्रमा रहेका क्रान्तिकारीहरुलाई आफ्नो पार्टीमा गोलबन्द हुनका लागि आग्रह समेत गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *