२०८१ माघ २ गते | 15th of January 2025

विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच भेटवार्ता

खुल्लामन्च
 प्रकाशित: २०७८ असोज ८ गते १४:५९

काठमाडौं– नेपाली कांग्रेसको आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारीमा दाबीदारी पेस गर्दै आएका ३ जना शीर्ष नेताबीच भेटवार्ता भएको छ। कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच शुक्रबार भेटवार्ता भएको हो। महामन्त्री कोइरालाको निवास महाराजगञ्जमा भएको भेटमा तीनै जना नेताहरुबीच सहमतिमा नेतृत्व चयन गर्ने विषयमा आकांक्षीहरुबीच छलफल चलाउने समझदारी बनेको बताइएको छ।

नेता प्रकाशमान सिंहका प्रेस सहयोगी यूपी लामिछानेका अनुसार तीन नेताले निर्धारित समयमै महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन्। निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्नका लागि आ–आफ्नो ठाउँबाट भूमिका खेल्ने पनि नेताहरुबीच सहमति भएको छ। सरकारलाई चाँडो पूर्णता दिँदै गठबन्धन सरकारलाई जनउत्तदायी भएर काम गर्न प्रधानमन्त्रीलाई भेटेर आग्रह गर्ने र सरकारलाई सफल बनाउन पार्टीका तर्फबाट भुमिका खेल्ने विषयमा नेताहरुबीच सहमति भएको लामिछानेले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *