काठमाडौं – अभिनेत्री करिष्मा मानन्धरले ५० को हाराहारीमा पुगेपछि ८ कक्षामा अध्ययन सुरु गरेकी थिइन् । त्यसयता लगातर पढिरहेकी करिष्माले शुक्रबार १२ को परीक्षा सकाएकी छिन् । उनले सामाजिक सञ्जालमा परीक्षा सकिएको जानकारी गराउँदै साथीहरूसँग ब्याचलर्समा भेटौंला भन्दै बिदा मागेकी छिन् ।
सइई सकेपछि करिष्मा फेरि अभिनयको दुनियाँमा नै रमाउँछिन् भन्ने आशंकालाई चिर्दै उनले ११–१२ मा भर्ना लिएकी थिइन् । महामारीका कारण ढिलो गरी भएका दुवै परीक्षामा सहभागी जनाउँदै उनले पढाईलाई निरन्तरता दिने संकेत गरेकी थिइन् । उनले शुक्रबार पनि ब्याचलर्समा भेटौंला भन्दै पढाईलाई अगाडि बढाउने संकेत गरेकी छिन् ।