२०८१ साउन १२ गते | 27th of July 2024

एमालेको विधान महाधिवेशनमा करिब ५ हजारले भाग लिने

खुल्लामन्च
 प्रकाशित: २०७८ असोज १० गते १४:२०

काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकले विधान महाधिवेशनमा प्रस्तुत हुने तीनवटा प्रतिवेदन पारित गरेको छ । आइतबार तुलसीलालस्मृति प्रतिष्ठानमा सम्पन्न बैठकले अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधनसम्बन्धी प्रस्ताव सुझावसहित पारित गरेको एमाले प्रचार विभाग प्रमु ख योगेश भट्टराईले जानकारी दिए ।

उनले पार्टीको विधान महाधिवेशनमा प्रवासका समेत गरी करिब ५ हजारले भाग लिने बताए । उनका अनुसार विधान महाधिवेशनमा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै पदाधिकारी तथा सदस्यदेखि प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले भाग लिनेछन् ।

एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *