काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा पूर्वउपाध्यक्ष कुल आचार्यले संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । पर्वतको धाइरिङमा जन्मेका आचार्य हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन्। उनी लण्डनका स्थापित व्यवसायी तथा समाजसेवी हुन्। काठमाडौंमा पत्रकार सम्मेलन गरी आचार्यले २०२१-२०२३ कार्यकालका लागि संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
संघको दशौँ विश्व सम्मेलन आगामी अक्टोबरको २३-२५ सम्म काठमाडौंमा हुँदै छ। निर्वाचन समितिले अनलाइन माध्यमबाट विश्वभरबाट एकसाथ मतदान गराउने तयारी गरेको छ। उम्मेदवारी घोषणा गर्दै आचार्यले एनआरएनएलाई सही अर्थमा आमप्रवासी नेपालीहरुको साझा संस्था बनाउने बताए । मेरो अभियान हो, संस्थामा सबैको सहभागिता र अपनत्व सिर्जना गरेर यो अभियानलाई पूर्णता दिनेछु आचार्यले भने । अध्यक्ष पदका उम्मेदवार आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पञ्जीकृत सदस्य संख्या पाँच लाख पुर्याउने र राष्ट्रिय समन्वय परिषद्हरुको संख्या कम्तीमा १०० पुर्याउने घोषणा गरेका छन् । हाल एनसीसीको संख्या ८४ रहे पनि कतिपय एनसीसीहरु निष्कृय रहेका छन् भने संघका पञ्जीकृत सदस्यहरुको संख्या एक लाखको हाराहारीमा छ। गैरआवासीय नेपालीहरुलाई मात्रै नभइ संसारका विभिन्न देशमा रहेका नेपाली मूलका मानिसहरुलाई पनि जोड्ने योजना रहेको उनले बताएका छन्। थाइल्याण्ड, म्यानमार लगायतका मुलुकमा बसोबास गर्ने नेपालीलाई ‘पिपुल अफ नेपाली ओरिजिन (पीएनओ)’ को मान्यता दिलाउन पहल गर्ने आचार्यले घोषणा गरे।
order provigil online – order modafinil 200mg generic lamivudine pills