२०८१ साउन १२ गते | 27th of July 2024

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलिय बैठक , संसदमा अबरोध नहटे निर्वाचनमा जाने विकल्पमा छलफल हुने

खुल्लामन्च
 प्रकाशित: २०७८ असोज १३ गते १५:००

काठमाडौं –  संघीय संसदमा जारी अबराेध र  नेकपा एमालेका अध्यक्ष केपी  शर्मा ओलीले अब निर्वाचनमा जानुपर्ने अभिव्यक्ति दिएका बेला   प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।  प्रधानमन्त्री देउवाले बिहीबार १० बजे संसदमा भएका सबै दलको बैठक बोलाएका हुन् । संसदमा भएका दलहरुमध्ये कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्तारुढ गठबन्धनमै छन् । यस्तै एमाले, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राप्रपा प्रतिपक्षमा छन् । बिहीबारको सर्वदलीय बैठकमा संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । श्रोतका अनुसार बैठकमा एमालेले हुदै नहुने विषय उठाएर संसदलाई नकारात्मक सन्देष दिने गरि बन्धक बनाएको भन्दै देउवा कडारुपमा प्रस्तुत हुने भएका छन । प्रधानमन्त्री देउवाले यस विषयमा आफना कानुन मन्त्री ज्ञानेन्द्र बाहदुर कार्की मार्फत सन्देश पनि दिईसकेका छन । नेपाली काँग्रेसको १४ महाधिवेशन घोषणा भई वडा तथा पालिका स्तरका अधिबेशनहरु अन्त्य अन्त्य तिर पुगे पनि केन्द्रिय महाधिजेशनको निर्धारित कार्यतालिका मंसिर ९ देखि १२ गतेको समयलाई पर धकेली देउवा मध्यबधी निर्वाचन गराउन चाहान्छन श्रोतले भन्यो । देउवा आफनो नेतृत्वमा निर्वाचन गराई पहिलो पार्टी बने अर्को कार्यकाल काँग्रसको नेतृत्व आफनै हुनेमा विश्वस्त छन ।

२३ भदौमा शुरु भएको संसदको चालु अधिवेशनमा प्रमुख विपक्षी नेकपा एमालेले नाराबाजी गर्दै आएको छ । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको एमालेको आरोप छ । एमालेकै अवरोधका बीच सरकारले बजेट पास गरेको थियो । सभामुखले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी एमालेले बहिष्कार गरेको थियो । प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा पनि एमाले जाने नजाने टुंगो छैन ।

2 thoughts on “प्रधानमन्त्री देउवाले बोलाए सर्वदलिय बैठक , संसदमा अबरोध नहटे निर्वाचनमा जाने विकल्पमा छलफल हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *