२०८३ वैशाख १० गते | 23rd of April 2026

एमालेको विधान महाधिवेशन शुक्रबार देखि शुरु हुँदै

खुल्लामन्च
 प्रकाशित: २०७८ असोज १४ गते १३:१७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तीन दिने विधान महाधिवेशन शुक्रबार राजधानीको ललितपुरस्थित गोदावरीमा शुरु हुँदैछ ।

शुक्रबार शुरु हुने प्रथम विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमालेले जनाएको छ । विधान महाधिवेशन मूल व्यवस्थापन समितिले काठमाडौमा बिहीबार पत्रकार सम्मेलन गरी महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

शुक्रबार बिहान पार्टी अध्यक्ष केपी शर्मा ओलीमो विधान महाधिवेशनको उद्घाटन गर्नु हुनेछ । विधान महाधिवेशनको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा एमाले बागमती प्रदेश इन्चार्ज एवं आयोजक मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा ‘बादल’ले १७ गतेसम्म चल्ने अधिवेशनमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव तथा विधान संशोधन प्रस्तावमाथि छलफल हुने जानकारी दिनुभयो । यसअघि एमालेको केन्द्रीय तथा स्थायी समिति बैठकले विधान महाधिवेशनमा पेश गरिने तीन वटै प्रतिवेदन पारित गरिसकेको छ ।

संयोजक थापाले विधान अधिवेशनले एमालेको विधान एवं पार्टी संगठनलाई नयाँ स्वरुप प्रदान गर्ने र त्यसले देशको राजनैतिक राजनैतिक भविष्यको दिशानिर्देश गर्ने बताउनुभयो । विधान महाधिवेशनमा देशभर बाट ६ हजार भन्दा बढी नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू सहभागी हुने नेता थापाले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *