२०८१ माघ २ गते | 15th of January 2025

परराष्ट्रमन्त्री खड्का स्वदेश फर्किए

खुल्लामन्च
 प्रकाशित: २०७८ असोज १४ गते १३:३०

काठमाडौं –  संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिएर परराष्ट्रमन्त्री नारायण खड्का स्वदेश फर्किएका छन्। असोज ६ गते उनी नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका गएका थिए। स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै परराष्ट्रमन्त्री खड्काले कोभिड-१९ महामारी, दिगो विकास, पृथ्वीको आधारभूत आवश्यकता र मानवअधिकार रक्षाबारे छलफल भएको बताए ।

महासभाको साइडलाइनमा भारत, बंगलादेश, कुवेत लगायत मुलुकका विदेशमन्त्रीसँग पनि छलफल भएको उनले जनाए। साथै परराष्ट्रमन्त्रीले ७६औँ महासभाका अध्यक्ष अब्दुल्ला साहिद, राष्ट्रसङ्घीय शान्ति सैन्य परिचालन विभागका उपमहासचिव जिन पियरे लाक्वा, अर्का उपमहासचिव अतुल खरे राशिद अल ज्यानीसँग बेग्लाबेग्लै भेटेर नेपाल र राष्ट्रसङ्घबीचको सहयोगात्मक सम्बन्धबारे विचारविमर्श गरेका थिए। अमेरिकामा रहेका नेपालीले आयोजना गरेको छलफलमा पनि उनी सहभागी भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *