२०८२ फागुन २८ गते | 12th of March 2026

काठमाडौंमा अनावश्यक भिडभाड, मेला महोत्सव र सभा जुलुस गर्न रोक

खुल्लामन्च
 प्रकाशित: २०७८ असोज १४ गते १३:३७

काठमाडौं-  काठमाडौं जिल्लामा अनावश्यक रुपमा भीडभाड, मेला महोत्सब र सभा जुलुस आदि गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज (बिहीबार) राति १२ बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्मका लागि सो निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भीडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने। जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ ।

कोभिड–१९ सङ्क्रमण कायमै रहेको हुँदा अर्को आदेश नभएसम्मका लागि यस्तो व्यवस्था लागू गरिएको प्रजिअ रिजालद्वारा जारी आदेशमा उल्लेख छ । नजिकिँदै गरेको चाडपर्वको समयमा बढी भीडभाड एवं जोखिमयुक्त क्षेत्रहरु एवं यात्रा गर्दा हुन सक्ने चोरी, ठगी, लुटपाटजन्य गतिविधिबाट सर्वसाधारण सचेत रहनने, यात्रा गर्दा आधिकारिक टिकट काउण्टरबाट मात्र टिकट लिएर यात्रा गर्ने तथा सवारी साधनको छतमा यात्रा गर्न नपाउने पनि आदेशमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *