२०८१ वैशाख २१ गते | 3rd of May 2024

एमाले बिधान महाधिबेशन सूरु , कार्यकर्तामा उत्साह देखिएन , कांग्रेस मुख्य प्रतिष्पर्धी पार्टी ओलीको निष्कर्श

खुल्लामन्च
 प्रकाशित: २०७८ असोज १५ गते १४:५६

काठमाडौं –  सत्ता सँचालन गर्न नसकेर बाहिरीन बाध्य भएको नेकपा एमालले पार्टीको पहिलो विधान महाधिबेशन भन्दै नेता कार्यकर्तालाई ललितपुरमा हालै निर्माण सम्मपन्न भएको सभाहलमा जम्मा गरेको छ । पाँच हजार भन्दा बढि संख्यामा रहेका नेता कार्यकर्ताले अध्यक्ष केपी शर्मा ओली लगाएतले प्रस्तुत गरेको प्रतिबेदन सुनेका थिए । तीन दिन सम्म चल्लने उक्त भेलामा नेता कार्यकर्तामा भने खासै उत्साह देखिदैनथ्यो । दुई तिहाई मत प्राप्त गरि सत्ता समाल्न पुगको दलको नेतृत्वको असक्षमताका कारण वीचैमा सत्ताच्युत हुन पुगेको भन्दै सभामा आएका नेता कार्यकर्ताहरु आगामी दिनमा मत माग्न फेरि के भनी जाने भनी कुराकानी गरेको सुनिन्थ्यो ।

पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन प्रस्तुत गर्दे   विभिन्न राजनीतिक दलहरुसँग आफूहरुको प्रतिष्पर्धा रहेको उल्लेख गर्दै कांग्रेसलाई मुख्य प्रतिष्पर्धी पार्टी रहेको बताएका छन् । “नेपाली कांग्रेसको दलाल पुँजीवादी वर्ग चरित्र, नवउदारवादी पुँजीवादी बाटो, यथास्थितिवाद र राष्ट्रियताका विषयमा ढुलमुले एवम् सम्झौतापरस्त क्रियाकलापप्रति हाम्रो विरोध छ । यो पार्टी हाम्रो मुख्य प्रतिष्पर्धी पार्टी हो,” ओलीले आफ्नो प्रतिवेदनमा भनेका छन् । शुक्रबारदेखि सुरु भएको एमालेको विधान महाधिवेशनमा ओलीका तर्फबाट प्रस्तुत प्रतिवेदनमा माओवादी केन्द्र मुलतः प्रचण्डका अस्थिर, अवसरवादी एवम् विभाजनकारी सोच र व्यवहारप्रति आफूहरुको विमति रहेको उल्लेख छ । “मधेस केन्द्रित दलका संकिर्ण, यथास्थितिवादी एवम् राष्ट्रियताका विषयलाई असर पुर्‍याउने सोच र गतिविधिप्रति हाम्रो असहमति छ,” प्रतिवेदनमा भनिएको छ, “कतिपय दलहरु राजतन्त्र फर्काउन चाहन्छन्, कति धर्मलाई राजनीतिक हतियार बनाउन चाहन्छन् । यसमा हाम्रो आपत्ति र विरोध छ ।”

ओलीले अब कसैलाई दुस्मन घोषणा गर्ने गल्ती भने नहुने उल्लेख गरेका छन् । “तर बहुदलीय प्रतिष्पर्धाका आधारमा नेतृत्व हासिल गर्ने नीति लिएको पार्टीले कुनै दल विशेषलाई प्रमुख दुश्मन घोषणा गर्नेजस्ता कम्युनिष्ट आन्दोलनका अतिवादी गल्तीबाट भने मुक्त रहनुपर्छ,” प्रतिवेदनमा भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *