२०८१ साउन ११ गते | 26th of July 2024

पूर्वयुवराज्ञी हिमानी शाहले भनिन- देश विकासका लागि सोच्ने बेला आएको छ ‘

खुल्लामन्च
 प्रकाशित: २०७८ असोज १५ गते १५:१८

काठमाडौँ – पूर्वयुवराज्ञी हिमानी शाहले राष्ट्रलाई कसरी अघि बढाउने भनेर एकपटक सोच्ने बेला आएको बताएकी छन् । शुक्रबार नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्ने कार्यक्रममा शाहले यस्तो बताएकी हुन् । उनले नेपाली भएको नाताले सबैले एकपटक देश विकासका लागि सोच्ने बेला आएको बताइन् ।

आय आर्जनको लागि अब दिगो घरेलु उद्योग सञ्जाल स्थापना गरी युवा र महिलाको गरिबी निवारण उनको भनाइ छ । युवा र महिलाहरुलाई गरिबी निवारण गर्नको लागि नयाँ तरिकाको अन्वेषण आवश्यक रहेको भन्दै शाहले कृषि क्षेत्रमा किसानले सामना गरिरहेका समस्याको समाधान गर्नुपर्ने बताइन् । नेपालबाट विदेश पलायन भइरहेको प्रतिभालाई रोक्नुपर्ने उनको भनाइ छ । ‘नेपाली हुनुको नाताले अब समय आयो सबै एक भएर सोचौँ, मनन गरौँ कि हामी हाम्रो राष्ट्रलाई कसरी उत्थान गर्न सक्छौँ,’ उनले भनिन् । शाहले नेपालीहरुलाई कोभिडविरुद्धको खोप तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण पनि गराइन् । विगतबाट सिकेर वर्तमानमा केही गर्ने बेला आएको उनको भनाइ छ ।

 

One thought on “पूर्वयुवराज्ञी हिमानी शाहले भनिन- देश विकासका लागि सोच्ने बेला आएको छ ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *