काठमाडौं – नेकपा (एमाले)को प्रथम विधान महाविधेशनको दोस्रो दिन समूहगत छलफलका निष्कर्ष प्रस्तुत गरिएको छ । शनिबार राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएपछि समूहगत छलफलका निष्कर्ष प्रस्तुत गरिएको हो ।
प्रतिवेदनमाथि १० समूहमा छलफल भएको थियो । सात प्रदेश, उपत्यका, विशेष कमिटी, सम्पर्क कमिटी र प्रवास, जनसङ्गठन तथा केन्द्रीय निकाय र आयोगले आ–आफ्नो समूहमा छलफल गरेका थिए । छलफलपछि टोली नेताले सुझाव प्रस्तुत गरेका हुन् ।
आइतबार राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिने एमालेले जनाएको छ ।विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी छन् । विधान महाधिवेशन आइतबार नै सम्पन्न हुने एमालेले जानकारी दिएको छ ।