२०८१ माघ ५ गते | 18th of January 2025

लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल सुरु

खुल्लामन्च
 प्रकाशित: २०७८ असोज १६ गते १४:२८

काठमाडौं- कोरोना संक्रमणको जोखिमसँगै बन्द भएका धार्मिक आस्थाका केन्द्रहरुमा विस्तारै खुल्न थालेका छन्। बौद्धमार्गीहरुको आस्था र श्रद्धाको केन्द्र रहेको लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटकको विस्तारै चहलपहल सुरु भएको छ।  गएको साउनदेखि नै लुम्बिनी क्षेत्र खुला गरिए पनि सरकारले ‘अन-अराइभल’ भिसा खुला नगरेका कारण विदेशी पर्यटक आउन सकेका थिएनन्। अहिले आन्तरिक पर्यटकका साथै विदेशी पर्यटक आउन थालेका छन्।

लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनी भ्रमणमा आउने पर्यटकको संख्या अहिले न्यून भए पनि सरकारले ‘अन-अराइभल’ भिसा दिन सुरु गरेकाले अब पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे। सरकारले तय गरेको स्वास्थ्य मापदण्ड पालना गराउने गरी भ्रमणमा आउनेको व्यवस्थापन गरिने सदस्यसचिव शाक्यले बताए।लुम्बिनी विकास कोषले  विश्व पर्यटन दिवसको दिन लुम्बिनी क्षेत्र खुला रहेको सन्देश विश्वभरि पठाएको जानकारी दिएको छ। लुम्बिनीलाई कोरोना संक्रमणको जोखिमबाट मुक्त गराउँदै पर्यटकलाई आकर्षित गर्नका लागि कोषले कोरोना विकास निर्माण, सरसफाइ र मर्मत सम्भारको काम निरन्तररुपमा गरिरहेको सदस्यसचिव शाक्यले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *