२०८१ वैशाख २१ गते | 3rd of May 2024

निधि, कोइराला र सिंह बीच भेटवार्ता

खुल्लामन्च
 प्रकाशित: २०७८ असोज १८ गते १४:३२

काठमाडौँ – नेपाली कांग्रेसका तीन नेताबीच भेटवार्ता भएको छ । पार्टीको १४ औँ महाधिवेशनमा सभापतिका आकांक्षी तीन नेताहहरू विमेन्द्र निधि, डा.शशांक कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता भएको हो । तीन नेताबीच निधि निवास बानेश्वरमा छलफल भएको निधिका सहयोगी रामजी दाहालले जानकारी दिए ।

सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिएका निधिले यसपटक विद्रोह गरेर सभापतिको उम्मेदवार बन्ने तयारी गरेका छन् ।उनले सभापतिको लागि तयारी गर्न भन्दै सम्पर्क कार्यालयसमेत खोलिसकेका छन् । त्यस्तै महामन्त्री डा. कोइरालाले पनि आफू सभापतिको उम्मेदवार बने मात्रै देउवालाई हराउन सक्ने र अरु कसैले हराउन नसक्ने बताउँदै आएका छन् । औपचारिक रुपमा सभापतिको उम्मेदवारी घोषणा नगरे पनि कोइरालाले आफू सभापतिका लागि उम्मेदवार बन्ने बताउँदै आएका छन् ।  उता प्रकाशमान सिंहले पनि आफू गणेशमान सिंहको छोरा भएकै कारण सभापति हुन नपाउने भन्दै सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका छन् । कांग्रेस केन्द्रीय महाधिवेशन मंसिरमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *