२०८२ फागुन २२ गते | 6th of March 2026

बलिउड अभिनेता अनुपम खेर यतिबेला काठमाडौंमा , गरे पशुपतिनाथको दर्शन

खुल्लामन्च
 प्रकाशित: २०७८ असोज १९ गते १४:२७

काठमाडौं-बलिउड अभिनेता अनुपम खेर यतिबेला काठमाडौंमा छन्। बलिउड चलचित्र ‘उचाइ’को सुटिङका लागि नेपाल आएकी उनी मंगलबार विहान पशुपतिनाथ दर्शनका लागि पुगेका छन्। उनले पशुपति नाथ पुग्दा आफू निकै खुसी भएको बताएका छन्। शिवको मन्दिर पाँचौं शताब्दिमा बनेको र देश तथा विदेशबाट लाखौं श्रद्धालु दर्शनका लागि आउने उनले उल्लेख गरेका छन्।

पशुपति पुगेपछिको एक भिडियो उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् र लेखेका छन्, ‘नेपालको काठमाडौंस्थित पशुपति नाथमा मैले सबैको राम्रो स्वास्थ्य र शान्तिको लागि प्रार्थना गरेको छु। भगवान शिव मन्दिर ५ औं शताब्दीमा बनाइएको थियो। यहाँ पूजा गर्न देश-विदेशबाट लाखौं श्रद्धालु आउँछन् ! जय भोलेनाथ!!’

Leave a Reply

Your email address will not be published. Required fields are marked *