२०८१ वैशाख २२ गते | 4th of May 2024

भन्डारी आर्टेसिया नगरको आयुक्तमा नियुक्त

खुल्लामन्च
 प्रकाशित: २०७८ असोज २९ गते १६:२७

लस एन्जलस – अमेरिकाको प्रमुख ब्यापारिक शहर लस एन्जलस क्षेत्रको आर्टेसिया नगरको आयुक्त पदमा नेपाली मुलका प्रतिभाशाली रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन् । एशियन, भारतीय र नेपालीहरुको बाक्लो बसोवास रहेको उक्त नगरको सिटी काउन्सिलको बैठकले भण्डारीलाई आयुक्त नियुक्त गरेको हो ।

स्थानिय कम्युनिटी कलेजमा अंग्रेजी  बिषयका सहायक  प्रोफेसर भन्डारी बिगत लामो समयदेखी सामुदायिक सेवामा सकृय छन । गत अक्टोबर १३ तारिखका दिन उनले आयुक्त पदको शपथ ग्रहण गरेका छन् । बिकास, प्रविधी र हावापानीले अमेरिकाको चर्चित लस एन्जलस काउन्टीमा पर्ने आर्टेसिया नगरमा भन्डारीले नेपालीहरु र एशियाली मुलका नागरिकहरुको उत्थान, शहरको सुन्दरता र मर्मत सम्भार सम्बन्धी कार्यभार सम्हाल्ने छन् ।

‘यो कार्यकारी पद भने होइन, यो सल्लाह दिने पद हो,’ नियुक्तिबारे जानकारी दिँदै भण्डारीले भने, ‘शहरको पुननिर्माण र शहरको सुन्दरता बढाउने उपायहरुबारे सिटी काउन्सिललाई सिफारिस गर्ने जिम्मेवारी हो, यो ।’ सिटी काउन्सिलले उनलाई ‘कमिस्नर अफ व्युटिफिकेशन एण्ड मेन्टिनेन्स कमिशन’ पदको नियुक्त गरेको पत्र दिएको छ । काउन्सिलको नियुक्तिअनुसार, उनको पदावधि चार बर्षको हुनेछ ।

लस एन्जलस क्षेत्रका लागि नेपाल सरकारबाट पर्यटन दुत समेत भईसकेका अंग्रेजी विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर र पत्रकारितामा स्नातक एवम् क्यालिफोर्निया स्टेट युनिभर्सिटी, लस एन्जलसबाट अंग्रेजीमै मास्टर्स गरेका भन्डारी ‘बाईडेन जिताऔं अभियानमा नेपाली समुदायको को-चियर’,  प्रवासी नेपाली समुदायको गौरब श्रीपशुपती बुद्ध फाउन्डेशनका पुर्व महासचिव र पून: वर्तमान महासचिव समेत हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *