२०८१ साउन १२ गते | 27th of July 2024

अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परि मृत्यु हुनेको सङ्ख्या ७७पुग्याे

खुल्लामन्च
 प्रकाशित: २०७८ कार्तिक ३ गते १३:३४

काठमाडौं- तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परि मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको छ । गृह मन्त्रालयका अनुसार ११ जिल्लामा बाढीपहिरोका कारण ७७  जनाको मृत्यु भएको हो । त्यस्तै २६ जना बेपत्ता भएका छन् भने २२ जना घाइते भएका छन् ।

उहाँका अनुसार बाढीपहिरोका कारण कालिकोटमा एक, बैतडीमा चार, डडेरधुरामा एक, डोटीमा नौ, हुम्लामा छ, प्यूठानमा एक, धनकुटामा छ, सुनसरीमा दुई, पाँचथरमा छ, इलाममा ११ र उदयपुरमा एक जनाको मृत्यु भएको छ । बाढीपहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको गृहले जनाएको छ । यता जल तथा मौसम पूर्वानुमान महाशाखाले भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको जनाएको छ । त्यस्तै महाशाखाले प्रदेश १, प्रदेश २ बाग्मती प्रदेश र गण्डकी प्रदेशका नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशहरूमा पूर्ण बदली र बाँकी भू–भागहरूमामा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका एक–दई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेका कारण सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *