२०८१ जेठ ४ गते | 17th of May 2024

सरकारको निर्णय पछि फिर्ता हुन थाले राजदुत, नयाँ नियूक्ति गर्न छलफल शुरु

खुल्लामन्च
 प्रकाशित: २०७८ कार्तिक ३ गते १४:०३

काठमाडौं-  अघिल्लो सरकारले नियूक्त गरेका विभिन्न देशका राजदुतलाई वर्तमान सरकारले फिर्ता बोलाए सँगै ति देशमा रहेका नेपाली राजदुतहरु स्वदेश फर्कन थालेका छन । यो सँगै हाल खाली रहेका १२ भन्दा बढि देश राजदुत बिहिन भएका छन । सरकारलाई अमेरिका, भारत, अष्टेलीया , जापान , इजरायल लगायतका मुलुकमा नयाँ राजदुत नियूक्त गर्ने बाटो खुलेको छ । हाल पाँच दलिय गठबन्धन सरकार भएकाले नयाँ राजदुत पनि ति दलहरुको बागवन्डामा नियुक्त हुनेछन । भारत र अमेरिकामा नेपाली काँग्रेसले राजदुत आफनो तर्फवाट नियुक्त गर्ने र अन्य मुलुकमा सत्तासाझेदार दल वाट नियुक्त गर्ने तयारी गरिएको छ । भारतका लागि नेपाली राजदुतमा नेपाली काँग्रेसका उपल्लो नेतालाई नै पठाउने सरकारको तयारी छ । पुर्वराजदुत दिपकुमार उपाध्याय , डा प्रकाशशरण महत लगायतको नाम चर्चामा छ भने अमेरिकका लागि योजना आयोगका पुर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेल , शंकर शर्मा , बिमल कोईराला लगायतको नाम चर्चामा छ । सत्ता साझेदार अन्य दलहरुले पनि आफनो भागमा परेका राजदुतका नाम बारे छलफल अघि बढाएका छन ।

यसैवीच   भारतस्थित नेपाली राजदूत नीलाम्बर आचार्य बुधबार दिल्लीबाट फिर्ता भएका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती सरकारबाट राजनीतिक आधारमा नियुक्त भएका राजदूतहरुलाई फिर्ता गर्ने निर्णय गरेअनुसार भारतस्थित राजदूत आचार्य फिर्ता भएका हुन्।

One thought on “सरकारको निर्णय पछि फिर्ता हुन थाले राजदुत, नयाँ नियूक्ति गर्न छलफल शुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *