२०८१ वैशाख २१ गते | 3rd of May 2024

नेपाली गोल्डस्टार जुत्ता अमेरिकी बजारमा

खुल्लामन्च
 प्रकाशित: २०७८ कार्तिक ३ गते १५:३०

अमेरिका – अब अमेरिकामा नेपाली गोल्डस्टार जुत्ता पाइने भएको छ । अमेरिकामा बजार बिस्तारका क्रममा रहेको गोल्डस्टार जुत्ता हिजो एक विशेष समारोहका बिच टेक्सासमा रहेका नेपाली समुदाय बिच प्रस्तुत गरिएको छ । किरण सुज म्यानुफ्याक्चरर्सका अध्यक्ष अमिर प्रताप जबरा, गोल्डस्टारकी कार्यकारी निर्देशक विदुषी राणा, गोल्डस्टारको अमेरिकाका लागी अधिकृत बिक्रेता आम्भी ग्लोबलका अध्यक्ष समिर महर्जन लगायतको उपस्थितिमा अन्तरार्ष्ट्रिय नेपाली उद्धमी महासंघ अमेरिकाको आयोजनामा भएको कार्यक्रमका बिच टेक्सासको डालासबाट त्यहाँ रहेका नेपाली समुदायलाई लक्षित गर्दै जुत्ता सार्वजनिक गरिएको हो ।

उक्त कार्यक्रममा डालस लगायत राज्यका अन्य बिभिन्न भागबाट आएका नेपाली उद्दमी व्यसायी, पत्रकार, विभिन्न नेपाली समुदाय तथा संघ-संस्थाका प्रतिनिधी लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै किरण सुज म्यानुफ्याक्चरर्सका अध्यक्ष राणाले भन्नुभयो, “सगरमाथाको देशमा डिजाइन तथा उत्पादन भएका स्तरिय तथा आकर्षक जुत्ताहरु अमेरिकामा रहेका नेपाली समुदायका साथै अन्तराष्ट्रिय उपभोक्ता समक्ष प्रस्तुत गर्न पाउनु हाम्रा लागि गर्वको कुरा हो । गोल्डस्टार जुत्ता नेपाल तथा भारतमा पनि सबै उमेर समुहका उपभोक्ता माझ एक महत्वपूर्ण ब्राण्डका रुपमा स्थापित भईसकेको छ । डिजाइन, गुणस्तर र मुल्यमा विबिधताका साथ उपलब्ध गोल्डस्टार जुत्ता टिकाउ, किफायती, सहज र आकर्षक जुत्ताका रुपमा ख्याती कमाइरहेको छ । खुशीको कुरा त यो बिदेश जाने नेपालीहरु माझ छुट्नै नहुने सामानका रुपमा स्थापित भईरहेको छ, र यो हाम्रा लागि उत्प्रेरणाको बिषय हो । यही उत्प्रेरणालाई आत्मसाथ गरेर हाम्रो तीन दशकको अनुभवलाई आधार बनाएर हामी अमेरिककी बजार प्रबेश गर्दैछौं र यहाँको बजार सुहाउँदो जुत्ता उत्पादन गरी उपलब्ध गराउन प्रतिबद्ध छौँ ।”

अमेरिकाका लागी गोल्डस्टारको अधिकृत बिक्रेता आम्भी ग्लोबलका अध्यक्ष महर्जनले अध्यक्ष राणाको भनाईलाई जोड दिँदै भन्नुभयो, “गोल्डस्टार ग्लोबल बन्दैछ, र ग्लोबल बन्ने यो अभियानमा साझेदरी गर्न पाउँदा हामी हर्षित र गौरवान्वित छौँ । गोल्डस्टार एक सामान्य उपभोग्य बस्तु मात्र हैन, यसले विश्वमै नेपाल लाई चिनाउने हैसियत राख्छ । र हामी के कुरामा विश्वश्त छौँ भने, यस्ले नेपालमा पनि विश्वस्तरिय गुणस्तरका उपभोग्य सामानहरु उत्पादन हुन्छन र सबै खालका उपभोक्ताको माग पुरा गर्ने क्षमता राख्छन भन्ने उदाहरण प्रस्तुत गर्छ । यो मानक स्थापित गर्नु हाम्रो लक्ष हो र यो हासिल गर्ने कुरामा हामी विश्वश्त छौँ ।”

No description available.

कार्यक्रमको आयोजक संस्था अन्तरार्ष्ट्रिय नेपाली उद्दमी महासंघका केन्द्रिय उपाध्यक्ष प्रकाश थापाले गोल्डस्टार अमेरिका प्रवेश गरेको खबरले आफु एकदमै उत्साहित भएको जनाउदै भन्नुभयो “गोल्डस्टार ब्रान्डका जुत्ता अमेरिकामा देख्न पाइयोस भनेर हामीले धेरै अगाडि देखी चाहिरहेको हो, र आज त्यो अवसर पनि प्राप्त भएको छ । यो हामी सबै नेपाली, अझ बिशेष गरी हामी जस्ता युवा उध्यमी हरुका लागि त यो उत्प्रेरणाको बिषय हो ।”

त्यसैगरी, अन्तरार्ष्ट्रिय नेपाली उद्दमी महासंघ अमेरिकाका अध्यक्ष रमेश एम के पौडेल ले टेक्सस राज्यमा रहेका नेपाली समुदायलाई लक्षित गरी बिशेष कार्यक्रम गरेकोमा गोल्डस्टार परिवारलाई धन्यवाद ब्यक्त गर्नुभयो । साथै अमेरिकामा बजार बिस्तारका क्रममा सबै खाले सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भयो ।

गोल्डस्टार जुत्ता, संक्षिप्त इतिहास :

गोल्डस्टारको जुत्ता स्वर्गीय नूर प्रताप ज.ब. राणाको यस्तो परिकल्पना हो, जुन सबै नेपाली घरहरूमा सस्तो तर टिकाउ जुत्ता ल्याउने सपना हो। यही परिकल्पनालाई साकार बनाउन किरण सु म्यानुफ्याक्चरर्सले सन् १९९० देखि गोल्डस्टार जुत्ताको निर्माण गर्न थालेको हो, र यी सुलभ मूल्यका जुत्ताहरू तुरुन्तै नेपालमा सबैभन्दा लोकप्रिय जुत्ता बन्न पुगेका हुन्। विश्वव्यापी डिजाइनहरू नेपालमा प्रवेश गरेपछि गोल्डस्टारले पनि सजगतापूर्वक आफ्ना डिजाइनहरू पुनरावलोकन गरी नयाँ डिजाइनहरू प्रस्तुत गर्न सुरू गरेको हो जसको उदाहरण गोल्डस्टारको G10 सिरिज, गोल्डस्टारको आधुनिक स्नीकर शैलीको जुत्ताबाट पेश गरियो र सबैका लागी नयाँ जुत्ताहरू प्रस्तुत गरियो ।

See the source image

गोल्डस्टार ग्लोबल हुँदैछ :

गोल्डस्टार जुत्ताले २००० को सुरुमा भारतमा आफ्नो व्यापार क्षेत्र विस्तार गर्यो। यसको मूल्य दायरा भारतीय मजदुर वर्गका नागरिकहरुलाई मेल खाने हुँदा गोल्डस्टारले भारतमा राम्रो चर्चा पायो । गोल्डस्टार जुत्ता अष्ट्रेलियामा, जापान र कतारमा पनि विस्तार भइसकेको छ।
गोल्डस्टार जुत्ता अब अमेरिकी क्षेत्रमा पनि विक्री हुन थालेको छ ।गोल्डस्टार एक दैनिक प्रयोग हुने जुत्ता हो, र दैनिक उपभोगका लागि यो अमेरिकी उपभोक्ताका लागि पनि उपयुक्त हुन्छ ।

महिला नै मुख्य हुन् :

विदुषी राणा, उच्च आशा र आकाङ्क्षा भएकी महिला हुन् जसले गोल्डस्टारको उत्पादन देखि बजारप्रवर्धनसम्म एक उत्कृष्ट टोलीको नेतृत्व गर्छिन् । त्यति मात्र नभई गोल्डस्टारको फ्याक्ट्रिमा ६० प्रतिशतभन्दा बढी महिलाहरु छन् – महिलाहरु जसले राष्ट्रिय द्वन्द्व देखेका छन्, जो उचित शिक्षाबाट वञ्चित छन्, दुर्व्यवहार वा दुख देखेका छन्, वा परिवारको एकमात्र कमाउ व्यक्तिका रूपमा काम गर्छन्।

यी महिलाहरुलाई गोल्डस्टार फ्याक्ट्रिमा नि:शुल्क तालिम दिइन्छ, रोजगार प्रदान गरिन्छ, र उनीहरुको कार्यदक्षताअनुरूप फ्याक्ट्री इन्चार्जसम्म जिम्मेवारी पुगिसकेको छ। यिनै महिलाहरूका डिजाइन, उत्पादन, र यी महिलाहरुको प्रयास अब संयुक्त राज्य अमेरिकामा पनि पुगेको छ।

विश्वको उच्च स्थानबाट :

गोल्डस्टार जुत्ता नेपाली भूभागलाई ध्यानमा राखेर निर्माण गरिएको हो। नेपालका अग्ला पहाडहरु र अधिकतम चट्टानी पहाडी भूभागहरुले बलियो र टिकाऊ जुत्ताको माग गर्दछ। यी पाठहरुलाई ध्यानमा राखी तयार प्रत्येक गोल्डस्टार जुत्ता मोडेल आकर्षण, भरपर्दो, टिकाऊ र बलिया छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *