२०८१ वैशाख २३ गते | 5th of May 2024

प्रधानमन्त्री देउवा सुदूरपश्चिम प्रदेशका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा

खुल्लामन्च
 प्रकाशित: २०७८ कार्तिक ४ गते १४:२६

काठमाडाैं  – प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशका बाढी तथा पहिरो प्रभावित क्षेत्रको आज अवलोकन गर्नु भएको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा गत आइतबार देखि अविरल वर्षाका कारण बाढी र पहिरोबाट हुन गएको भौतिक तथा मानवीय क्षति अनुगमन गर्न प्रधानमन्त्री देउवा बाढी र पहिरो प्रभावित क्षेत्रमा पुग्नु भएको हो ।  डोटी जिल्लाको राजपुरस्थीत नेपाली सेनाको ब्यारेकमा स्थानीय प्रशासन तथा अन्य सुरक्षा निकायहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा बाढी र पहिरोले ठुलो धनजनको क्षति गरेको बताउँदै तत्कालै उद्धार र राहतका लागि सरकारका सबै निकायहरूलाई निर्देशन दिनुभएको छ ।

सो अवसरमा अवलोकन भ्रमणमा सहभागी नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सरकारले तत्काल राहतका कार्यक्रम बाढी पहिरो पीडितसामु पुर्‍याउने बताउनु भएको छ । साथै बाढी पहिरोमा परि ज्यान गुमाउनेहरूप्रति दुख व्यक्त गर्नु भएको छ ।    सोही अवसरमा सङ्घ सरकारले राहतका प्याकेज घोषण गरिसकेको बताउँदै तत्कालै स्थानीय सरकारसँग समन्वय गरी कार्य गर्ने डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिनु भयो ।  अवलोकनका क्रममा नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्मा (प्रभाकर), संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, पूर्व मन्त्रीहरू रमेश लेखक, एन.पि. साउँद र वीरबहादुर बलायर र प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *