२०८२ असार ३ गते | 17th of June 2025

अमेरिकाको सहयोगमा १२ वर्ष माथिका बालबालिकालाई लगाउन मिल्ने फाइजरकाे खाेप नेपाल आइपुग्याे

खुल्लामन्च
 प्रकाशित: २०७८ कार्तिक ८ गते ११:३८

काठमाडाैं – नेपालमा पहिलोपल्ट १२ वर्ष उमेर समूह माथिका बालबालिकालाई लगाउन मिल्ने कोरोनाविरूद्धको खोप आइपुगेको छ। अमेरिकाको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १ लाख ६ सय २० डोज ‘फाइजर’ खोप सोमबार बिहान आइपुगेको खोप शाखाका प्रमुख डा. सागर दाहालले जानकारी दिए।

यसअघि नेपालमा विभिन्न चरणमा खोपहरू आए पनि बालबालिकाले लगाउन मिल्ने खोप आएको थिएन। तर फाइजरको यो खोप भने १२ वर्ष माथिका बालबालिकालाई लगाउन मिल्नेछ। प्रमुख दाहालले यो खोप १२ वर्षभन्दा माथिका दीर्घ रोगीहरूलाई लगाउने निर्णय भएको जनाए। उनले यो खोप देशभरका २४ वटा अस्पतालबाट लगाइनेसमेत जानकारी दिए। जसमा ९ वटा उपत्यकाभित्रका अस्पताल छन्।

दाहालका अनुसार यो खोप कात्तिक २८ गतेबाट लगाउन सुरू गरिनेछ। अमेरिकाले यसअघि पनि एक डोज लगाए पुग्ने ‘जोन्सन एण्ड जोन्सन’ को १५ लाख डोज खोप अनुदानमा दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *