२०८१ माघ ८ गते | 21st of January 2025

प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने हो भने आफू पनि राजीनामाका लागि तयार रहेको प्रधानन्यायाधीश जबराको धारणा

खुल्लामन्च
 प्रकाशित: २०७८ कार्तिक ९ गते १४:०९

काठमाडौं– प्रधानन्यायाधीशको राजीनामा माग्दै अन्य न्यायाधीशहरुले इजलासमा काम नगर्दा मंगलबार दोस्रो दिन पनि इजलासमा हुने सुनुवाइ अवरुद्ध भएको छ ।मंगलबार कुनै पनि बेन्च नबसेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्चका १४ जना न्यायाधीशबीचको छलफलमा १४ जनाका तर्फबाट एक न्यायाधीशले प्रधानन्यायाधीशले नै निकास दिनु पर्ने बताउनुभएकोमा प्रधानन्यायाधीश जबराले हालसम्म प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने हो भने आफू पनि राजीनामाका लागि तयार रहेको बताउनुभएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।

सडकबाट मागिएको आधारमा नभइ संवेधानिक विधिबाट मात्रै आफ्नो अवकाश हुनु पर्ने अडान प्रधानन्यायाधीश जबराले राख्नुभएको पनि प्रवक्ता दाहालले उल्लेख गर्नुभयो । यसैबीच नेपाल बार एसोसिएसनका सल्लाहकारहरुले प्रधानन्यायाधीश जबराको राजीनामाका लागि दवावमूलक कार्यक्रम सञ्चालन गर्न सुझाव दिएको बार पदाधिकारीहरुले जानकारी दिएका छन् । सल्लाहकारहरुको सुझावबारे बारको बैठकमा छलफल भहेको नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताउनुभयो ।

प्रधानन्यायाधीश जबरामाथि न्यायपालिकाका विकृति रोक्ने प्रतिवेदन कार्यान्वयन नगरेको र जेठानलाई मन्त्री बनाउन भनसुन गरेको लगायत विभिन्न आरोप लगाएर राजीनामा    मािगएकाे हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *