२०८१ वैशाख २० गते | 2nd of May 2024

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थितिमा नोभेम्बर ५ तारिख लस एन्जलसमा म्ह:पुजा हुंदै

खुल्लामन्च
 प्रकाशित: २०७८ कार्तिक ९ गते १६:२२

लस एन्जलस – नेवा: समाज, साउदर्न क्यालिफोर्नियाको आयोजनामा आगामी २९ तारिख लस एन्जलसमा भब्य म्ह:पूजाको तयारी हुंदैछ । कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथिको रुपमा सहभागी हुनुहुने संस्थाले जनाएको छ । लस एन्जलसमा संस्थाको आफ्नै बलिबुतामा बिभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गरेर सम्मानित उपस्थिती बनाएको संस्थाले नेपाली कला, संस्क्रिती र परम्परा : विशेषत नेवारी संस्क्रितीको जगेर्नाको लागि लस एन्जलसमा बर्षेनी बिभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ ।

रक्तदान, ईन्द्रजात्रा, यमुरी चाड र म्ह:पूजामा नेवारी संस्क्रिती र परम्पराका पहिरन एवम सामानहरुले सजिएर कार्यक्रम गर्ने यस संस्थाको निरन्तर कार्यक्रम र सामाजिक सकृयताले लस एन्जलसमा नेपाली समुदायको आपसी भाईचारालाई बढावा दिएको छ । आगामी नोभेम्बर ५ तारिख आयोजना हुने म्ह:पूजा कार्यक्रमको भब्य तयारी भईरहेको जनाईएको छ ।

कोभिड नियामावलीको परिधीमा रहेर आर्टेसिया नगरमा आयोजना गरिने कार्यक्रमको शुल्क प्रतिब्यक्ती २५ डलर राखिएको छ भने १० वर्ष मुनीका बालबालिकाहरुको लागि भने १५ डलर राखिएको छ । सांझ ६:०० बजे कार्यक्रमको ढोका खोलिनेछ भने ७:००-१०:०० बजेसम्म कार्यक्रम आयोजना गरिने संस्थाले जनाएको छ ।

कार्यक्रम जानकारी :

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *