२०८१ चैत १२ गते | 26th of March 2025

कलाकारको पारिवारिक टोली अमेरिकामा

खुल्लामन्च
 प्रकाशित: २०७८ कार्तिक १० गते १४:२०

अमेरिका  – नेपाली कलाकारहरु यतिबेला अमेरिका आईपुगेका छन । मह जोडी सहित कलाकार शिबहरि पौडेल , बरिष्ठ गायक कुमार बस्नेत परिवार सहित अमेरिका आएका हुन । कलाकारहरुलाई मेरिल्याण्ड स्थित कबिता गृह एवम अवैतनिक महाबाणिज्यदुतावासमा  लोक गायक प्रेमराजा महतले स्वागत गरेका छन ।

बरिष्ठ लोक गायक महतले सामाजिक संजालमा तस्बिर राख्दै उनीहरु सबैलाई स्वागत गर्न पाउदा खुसी भएको उल्लेख गरेका छन । उनले भनेका छन – ” दिलै देखि सम्मान गर्ने राष्ट्रिय ब्यक्तित्वहरू लोकगीत का महारथी आदरणिय कुमार बस्नेत दाई, हांस्य ब्यंग्य का मह सम्राट हरू आदरणिय मदन कृष्ण दाई, हरि बंश दाई अनि अर्का हांस्य राजा प्रिय मित्र शिबहरि पौडेल लगायत साथमा आदरणिय दाई माधब बहादुर पन्त र सम्पूर्ण ईष्टमित्रहरू लाई हाम्रो कबिता गृह मा स्वागत गर्न पाउंदा हामिलाई अत्यन्तै खुशी को अनुभूति भएकोछ।सबै मा हार्दिक आभार ब्यक्त गर्दछौं।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *