२०८१ वैशाख २० गते | 2nd of May 2024

पुष्पा खनाललाई सर्वोत्कृष्ट गीतकार अवार्ड

खुल्लामन्च
 प्रकाशित: २०७८ कार्तिक २६ गते १६:०६

खुलामञ्च संवाददाता, काठमाडौँ । साहित्यकार, कुशल लेखक, प्रसिद्ध गीतकार पुष्पा खनाललाई सगरमाथा म्युजिक अवार्ड २०७८ को सर्वोत्कृष्ट आधुनिक गीतकार (महिला) अवार्ड प्राप्त भएको छ । उहाँको गत वर्ष सार्वजनिक भएको “केवल माया” गीतका लागि उहाँलाई सो अवार्ड प्रदान गरिएको हो । 
सरोज कोइराला र अञ्जु पन्तको स्वर तथा सरोज कोइरालाको सङ्गीत रहेको यो गीत पुष्पाले आफ्नै युट्युव च्यानल दीपुष्पा क्रियसन्स्मार्फत् सार्वजनिक गर्नुभएको छ ।

गोविन्दमधुर आचार्यको सङ्गीत संयोजन रहेको गीतमा श्रीदेव भट्टराई, ममता चापागाईँ, लोकराज अधिकारीले अभिनय गर्नुभएको छ । हेम प्रभासले निर्देशन गर्नुभएको यो गीत सबै पुस्ताबीच उत्तिकै लोकप्रिय रहेको छ ।

आफू कामको सिलसिलामा अमेरिका भएकाले हिजो काठमाडौँमा आयोजना गरिएको अवार्ड वितरण समारोहमा उहाँका पुत्ररत्न आश्वीनलाई उहाँको अवार्ड हस्तान्तरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *