२०८१ जेठ ५ गते | 18th of May 2024

सर्वोच्चका १९ मध्ये पाँच न्यायाधीश काममा फर्कने

खुल्लामन्च
 प्रकाशित: २०७८ कार्तिक २९ गते १३:०६

काठमाडौं –  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कारबाही माग गर्दै उनले तोकेका बन्दीबाहेकका इजलास बहिष्कार गर्दै आएका पाँच न्यायाधीशले अरू सहकर्मीहरूसँगको छलफलमा नबस्ने भएका छन् । सर्वोच्च अदालतका १९ न्यायाधीशमध्ये तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोज शर्मा र कुमार चुडालले भोलिदेखि नियमित काममा फर्किने निर्णय गरेको पाँचमध्येका एक न्यायाधीशले बताए। ‘हामीहरूबीच हप्ता दिनअघि नै गोलाप्रथा लागु गरेर काममा फर्किने सहमति भएको थियो। विभिन्न कारणले त्यो लागु हुन सकिरहेको छैन। जनतालाई न्याय दिन बसेका हामी इजलास नबस्दा उनीहरूले पाएको सास्ती देखेर चित्त दुख्यो। यता छलफलबाट पनि कुनै निष्कर्ष निस्किएन’ उनले भने, ‘त्यसैले अब हामी फुर्लकोटबाहेक अरू कुनै पनि छलफलमा सहभागी नहुने निर्णय गर्‍यौं। हामी नियमित काममा फर्किन्छौं।’

आज नेपाल बार एशोसिएसनले इजलास बहिष्कार गर्दैआएका न्यायाधीशहरूसँग भेट्न गएको थियो। नेपाल बार र सर्वोच्चबारका ७ पदाधिकरी भेट्न जाँदा १३ न्यायाधीशमात्र उपस्थित थिए। आफूहरू इजलासमा भएको जनाउ दिँदै भेट जारी राख्न उनीहरूले सन्देश पठाएको नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौडेलले बताए। आज प्रधानन्यायाधीश राणाले आन्दोलनरत बारलाई संवादबाट समस्या समाधान गर्न आह्वान गरेका थिए। उनले न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले विकृति विसंगति रोक्न दिएको प्रतिवेदन लागु गर्न आफू तयार भएको भन्दै अरू समस्या वार्ताबाट समाधान गर्न आह्वान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *