२०८१ जेठ ५ गते | 18th of May 2024

दिल्ली वायु प्रदुषणको प्रभाव नेपालमा पर्न सक्ने

खुल्लामन्च
 प्रकाशित: २०७८ कार्तिक २९ गते १३:१५

काठमाडौं- भारतको राजधानी दिल्लीमा देखा परेको प्रदुषित बायुको असर नेपालमा पनि पर्न सक्ने भन्दै सचेत हुन वाताबरण बिदहरुले आग्रह गरेका छन । दिल्लीमा पार्टिकुलेट म्याटर २.५ माइक्रोन भन्दा सानो धूँलोको प्रदूषणदर पाँच माइक्रोग्राम परमिटर क्युवसम्म भन्दा बढी भएको छ । भारतीय सर्वोच्च अदालतले यो वायु स्वास्थ्यका हिसावले खतरानाक भन्दै दुई दिन घरबाट काम गर्न सुझाव दिएको छ ।  दिल्लीबाट वायु नेपाल प्रवेश गर्न ४८ घण्टा लाग्ने भन्दै यस अवधिमा धूवाँजन्य वस्तुहरु बाल्न नहुने र सावधानी अपनाउन अनुरोध गरेको वातावरण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले बताउनुभयो । भारतकाे उत्तरी क्षेत्रका शहरहरूकाे प्रदूषित वायु नेपालकाे तराइ क्षेत्रमा प्रवेश गर्न सक्ने भएकाेले सचेत हुन जरूरी रहेकाे बताइन्छ ।  नेपालको अवस्था सामान्य रहेको छ तर हामीले अगाडिनै सचेत हुन सकेनाैं भने समस्या हुने भएकाले सबैले वायुप्रदूषणजन्य कार्य नगर्न र नगराउन आग्रह गरेका हाैं, उहाँले भन्नुभयो । नेपालमा हाल तराई क्षेत्रमा वायु प्रदूषण बड्दै गएको छ भने पहाडी र हिमाली क्षेत्रको अवस्था सामान्य रहेको विभागको तथ्याङ्कले देखाएको छ ।

दिल्लीमा भएको प्रदूषणले श्वासनै फेर्न सक्ने अवस्था नहुने भन्दै अदालतले सतर्कता अपनाउन दुई दिन घरमै बस्न र सम्बन्धित निकायले वायुको प्रदूषणदर पाँचसयबाट दुईसयमा झार्न पहल थाल्न सुझाव दिएको छ ।
चिसो बडेसँगै काठमाडौं उपत्यका लगायतका मुख्य शहरहरुमा फोहोर बाल्ने, दाउरा र गुइँठा जन्य बस्तु जलाउने गर्नाले वायु प्रदूषणको दर बड्ने विभागले जनाएको छ । चिसोकै कारण प्रदूषित वायुलाई माथि जानबाट रोक्ने गर्छ त्यसैले पनि प्रदूषण झन् बड्ने गर्छ, यसमा हामी सचेत हुनुनै मुख्य उपाय हो, पौडेलले सुझाव दिनुभयो ।

नेपालको मौसम हेर्दा तत्काल त आत्तिनु पर्ने अवस्था नभएको विभागले जनाएको छ । हिउँदमा प्रदूषणले समस्या ल्याउने गर्छ त्यसमा विभागले जनचेतनामुलक काम गर्दै आएको छ । पछिल्लो साता मात्र काठमाडौंको तापक्रम २२ बाट घटेर आठ डिग्री सेल्सियसमा झरेको छ । न्युनतम तापक्रममा कमी आएसँगै वायु प्रदूषण समेत बड्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *