काठमाडौँ – नेपाली काँग्रेसको १४औँ महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सूरु भएको छ । महाधिबेशनको उद्दघाटन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गर्नूभयो । उदघाटन समारोहमा महाधिबेशनलाई शुभकामना दिन विभिन्न दलका नेताहरु महाधिबेशन स्थल भृकुटी मण्डपमा पुगेका छन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली , माओवादी अध्यक्ष प्रचण्ड ,नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतले सम्बोधन गरेका छन ।
माधव नेपाल र प्रचण्ड सहभागी कार्यक्रममा एउटै मञ्च प्रयोग नगर्ने अडान लिएका केपी ओली पनि पहिलो पटक एकै मञ्चमा उपस्थित भएका छन । उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र काँग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति छ ।